काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ। अदालतले हिरासतमा राख्ने अनुमति नदिएपछि उनी रिहा हुने भएका हुन्।
प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो। गैरकानुनी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया