काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि ४० सदस्यीय रणनीतिक परिचालन टोली (एसआरटी) गठन गरेको छ। साउन १६ देखि १८ गतेसम्म सञ्चालन भएको पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापनसँगै टोली गठन गरिएको हो।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको तीनदिने प्रशिक्षणमा सहभागी युवालाई एसआरटीमा समावेश गरिएको छ। समापन कार्यक्रममा उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले विपद्का बेला उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय भूमिका खेल्न सहभागीलाई आग्रह गर्दै देशभर एक हजार दक्ष स्वयंसेवक तयार गर्ने लक्ष्य रहेको जानकारी दिए।
प्रशिक्षणमा ११ जना विपद् विज्ञले सैद्धान्तिक ज्ञानसँगै उद्धार तथा प्रतिकार्यसम्बन्धी व्यावहारिक अभ्यास गराएका थिए।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया