काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको जनाएको छ। निगमका अनुसार १४.२ किलोग्राम क्षमताका ग्यास सिलिन्डरको बिक्री–वितरण सहज रूपमा भइरहेको छ।

उपभोक्ताको सुविधाका लागि काठमाडौंको टेकुस्थित निगम कार्यालयबाट विभिन्न ग्यास कम्पनीका सिलिन्डर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण भइरहेको निगमले जनाएको छ। ग्यास नपाएमा हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

निगमका अनुसार हाल मासिक औसत ४७ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएको छ भने साउन १ देखि १८ गतेसम्म ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पनि निगमले उपभोक्तासँग आग्रह गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com