काठमाडौं । धादिङको मझिमटार क्षेत्रमा सुख्खा पहिरो खसेपछि काठमाडौं–मुग्लिन सडक खण्ड मंगलबार साँझदेखि दुईतर्फी अवरुद्ध भएको छ।

प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। यात्रुलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com