काठमाडौं । मोरङको लेटाङस्थित एक रिसोर्टमा युवतीलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। साउन १७ गते पीडितलाई रिसोर्टमा लगेर नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धम्की दिँदै जबरजस्ती करणी गरेको आरोप छ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया