काठमाडौं । सोलुखुम्बुमा न्वारन पूजाका क्रममा हजुरबुबामाथि भएको कुटपिटपछि उपचारका क्रममा उनको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा नातिलाई प्रहरीले पक्राउ गरेको छ।
सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी करिब ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते आफ्ना २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा सहभागी हुन गएका थिए। सोही क्रममा भएको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते विश्वकर्माको उपचारका क्रममा साउन १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न नाति निरबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया