काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको विषालु जङ्गली च्याउ खाँदा मृत्यु भएको छ।
सोमबार जङ्गलमा उम्रिएको च्याउ खाएपछि बिरामी परेका थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी भएकी छन्। उनको अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया