काठमाडौँ।  जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा अब तोकिएको धुम्रपान क्षेत्रबाहेक हुक्का तथा चुरोट सेवन गर्न पाइने छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै सबै व्यवसायीलाई सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार धुम्रपान क्षेत्र अनिवार्य रूपमा व्यवस्थापन गर्न निर्देशन दिएको हो।

प्रशासनका अनुसार धुम्रपान गर्ने स्थान अन्य ग्राहकलाई असर नपर्ने गरी चारैतिरबाट बन्द र स्पष्ट रूपमा छुट्याइएको हुनुपर्नेछ। सार्वजनिक स्वास्थ्यमा असर पर्ने गरी अव्यवस्थित धुम्रपान भइरहेको गुनासो बढेपछि यस्तो व्यवस्था लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय र सम्बन्धित अनुगमन निकायले जुनसुकै बेला होटल तथा रेस्टुरेन्टको निरीक्षण गर्नेछन्। कानुन उल्लङ्घन गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ अनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com