काठमाडौँ। जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा अब तोकिएको धुम्रपान क्षेत्रबाहेक हुक्का तथा चुरोट सेवन गर्न पाइने छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै सबै व्यवसायीलाई सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार धुम्रपान क्षेत्र अनिवार्य रूपमा व्यवस्थापन गर्न निर्देशन दिएको हो।
प्रशासनका अनुसार धुम्रपान गर्ने स्थान अन्य ग्राहकलाई असर नपर्ने गरी चारैतिरबाट बन्द र स्पष्ट रूपमा छुट्याइएको हुनुपर्नेछ। सार्वजनिक स्वास्थ्यमा असर पर्ने गरी अव्यवस्थित धुम्रपान भइरहेको गुनासो बढेपछि यस्तो व्यवस्था लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय र सम्बन्धित अनुगमन निकायले जुनसुकै बेला होटल तथा रेस्टुरेन्टको निरीक्षण गर्नेछन्। कानुन उल्लङ्घन गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ अनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया