काठमाडौं।  प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केहीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद गरिएको छ भने केहीबाट चिकित्सकको सिफारिसबिना बिक्री–वितरण गर्न नमिल्ने औषधि तथा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

रोल्पा, कैलाली, पाँचथर, कञ्चनपुर, बाँके, सुर्खेत, मोरङ र चितवन लगायतका जिल्लामा सञ्चालन गरिएको कारबाहीका क्रममा ब्राउनसुगर, ट्रामाडोल, स्पास्मो, स्पास्पेन ट्याब्लेट तथा ५०० ग्राम गाँजासहित उनीहरू पक्राउ परेका हुन्। चितवनबाट गाँजासँगै नगद १ लाख २९ हजार ५२५ रुपैयाँ पनि बरामद भएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com