काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएपछि दुर्घटना भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका एक यात्रुको मृत्यु भएको हो। मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरी घाइतेहरूलाई तत्काल उपचारका लागि बीएन्डबी अस्पताल पठाएको थियो।

प्रहरीका अनुसार घाइते सबैको उपचार भइरहेको छ भने बस अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com