काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने यात्रुको पहिचान खुलेको छ। दुर्घटनामा दोलखाको शैलुङ गाउँपालिका घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा.२ ख ३५९० नम्बरको मध्यपुर यातायातको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएपछि दुर्घटना भएको थियो। गम्भीर घाइते भएकी लामाको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।
दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको बीएन्डबी अस्पताल र अन्यको ग्लोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न बसका चालक काभ्रेको तेमाल गाउँपालिका–३ निवासी ३६ वर्षीय लाक्षी तामाङलाई नियन्त्रणमा लिएको छ। उनीमाथि दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी छ। प्रारम्भिक रूपमा बस अनियन्त्रित भई पुलको पर्खालमा ठोक्किएको देखिएको छ।
ग्लोबल अस्पतालमा उपचाररत घाइतेहरू
१.विवेक दाहाल, २४ वर्ष, दोलखा ।
२. भगवती खत्री, १९ वर्ष, सिन्धुली ।
३. भगवती खत्री, ४७ वर्ष, भक्तपुर मिलनचोक ।
४. जुनु सिल्पकार, २८ वर्ष, भक्तपुर ।
५. तुल्सीदेवी खड्का, ४९ वर्ष, ललितपुर महालक्ष्मीस्थान ।
६. अन्जु साह, २१ वर्ष, महोत्तरी ।
७. आशुतोष श्रेष्ठ, २७ वर्ष, काठमाडौँ ।
८. स्तर देउजा, ३६ वर्ष, सिन्धुपाल्चोक
९. मोहम्मद समिम, ४५ वर्ष, भारतीय नागरिक ।
बीएण्डबीमा उपचाररत घाइतेहरू
१.सुम्निमा योञ्जन, २३ वर्ष, रामेछाप घर भएर थिमी बस्ने ।
२. लक्ष्मी श्रेष्ठ, ३७ वर्ष, ३७ वर्ष, थिमी नगरपालिका–६
३. रसिला दुलाल, २४ वर्ष, चाँगुनारायण नपा–७
४. दन्जकुमार गुरुङ, ३३ वर्ष, सिन्धुली
५. कृष्णराम थापा, ६० वर्ष, भक्तपुर सरस्वतीखेल । (सहचालक)
६. कविता केसी, ४० वर्ष, ललितपुर महालक्ष्मी नगरपालिका ।
७. अमृता कार्की, ४१ वर्ष, काभ्रे बनेपा घर ।
८. कविता कार्की, ४० वर्ष, भक्तपुर ।
९. तुल्सी धानुक, २४ वर्ष, कञ्चनपुर घर भएर भक्तपुर बस्ने ।
१०. धनकुमार ढोङ, ३३ वर्ष, सिन्धुली मरिण गाउँपालिका ।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार











प्रतिक्रिया