काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोकले बिहीबार सरुवा सूची सार्वजनिक गर्दै नयाँ जिम्मेवारी तोकेको हो।
प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवाको निर्णय गरिएको हो। यो निर्णय आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने जनाइएको छ।
सरुवा भएका अधिकृतहरूले हाल कार्यरत कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा राशन सुविधा पाउँदै नयाँ कार्यस्थलमा जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।



प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार










प्रतिक्रिया