काठमाडौं। सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ । आजका लागि तय गरिएको बैठक सर्न पुगेको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com