काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य स्थगित गर्ने घोषणा गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन, सेवा शुल्क वैज्ञानिक रूपमा निर्धारण, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुट, नयाँ इजाजतपत्र वितरणमा रोक तथा श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउनुपर्ने लगायतका माग अघि सारेको हो।
संघका अध्यक्ष डिकबहादुर खत्रीले हालको १० हजार रुपैयाँ सेवा शुल्क अव्यावहारिक भएको भन्दै श्रमिकको एक महिनाको तलब बराबर सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए।
संघले आफ्ना माग तत्काल सम्बोधन नभएसम्म श्रमिक विदेश पठाउने कार्य रोक्ने चेतावनी दिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया