काठमाडौं ।  पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार नेपालीको शव घटनास्थलबाट पाकिस्तानको राजधानी इस्लामावाद ल्याइएको छ।

नेपाली समयअनुसार शुक्रबार दिउँसो करिब १:३० बजे इस्लामावाद पुर्‍याइएका शवहरूमा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पा रहेका छन्। यसअघि सोही दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव बिहीबार नै नेपाल ल्याइएको थियो।

परिवारको इच्छाअनुसार निर्मल पुर्जाको शव बेलायत लगेर त्यहीँ अन्त्येष्टि गरिने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अन्त्येष्टिको स्थान परिवारको निर्णयअनुसार तय गरिएको जानकारी दिएका छन्।

दुर्गम भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण घटनास्थलमा अझै एक नेपाली (नवाङ थिन्डु शेर्पा), एक पाकिस्तानी र एक अमेरिकी नागरिकको शव बाँकी रहेको छ। उनीहरूको शव सुरक्षित रूपमा बाहिर ल्याउने प्रयास जारी रहेको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com