काठमाडौं । पेट्रोलियम पदार्थ चोरी गरी बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले ट्याङ्करसहित ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ बाइपासस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट तेल चोरी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा वीरगञ्ज–३ का सुनैन मियाँ, वीरगञ्ज–१५ का असलम हवारी, वीरगञ्ज–११ का रफिक मियाँ, हेटौंडा उपमहानगरपालिका–१० का केशर राम सुनार तथा वडा नं. १४ का मन्दसिंह लामा र उमेश राना मगर रहेका छन्।

प्रहरीका अनुसार उक्त २० हजार लिटर क्षमताको ट्याङ्कर इन्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको काठमाडौंस्थित हवाई इन्धन डिपोका लागि इन्धन बोकेर आएको थियो। सोही ट्याङ्करबाट तेल चोरी भइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com