काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्।

सत्ता पक्षकै सांसद्हरूको समेत निशानामा परेपछि प्रधानमन्त्री शाह शुक्रबार राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमा झुल्किएका हुन्।

उनले सही समय आउन केही समय लाग्ने पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्- ढिला होला तर गलत हुँदैन।

उनले नआत्तिन पनि सर्वसाधारणसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा भावुक देखिएका प्रधानमन्त्री शाहले लेखेका छन्- सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहिँ फरक हुनसक्छ।

उनले कहिलेकाहिँ एक्लै लड्नुपर्ने उल्लेख गर्दै लेखेका छन्- तर यो पहिलोपटक होइन।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com