बैतडी । बैतडीमा हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ ।
बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ ।
उनले भने, ‘बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौं ।’
जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले बताए ।
दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवाप्रवाह गरिरहेको छ ।
- रासस
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया