एजेन्सी । भारतको हिमाचल प्रदेशमा यात्रुवाहक निजी बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार चम्बा जिल्लाको पहाडी क्षेत्रमा यात्रुवाहक बस सडकबाट चिप्लिएर दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा १८ जना यात्रु सवार थिए।

दुर्घटनास्थल हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा पर्छ। दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, भारी वर्षाका कारण हिमाचल प्रदेशका १८५ वटा सडक अवरुद्ध भएका छन्।

राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार गत जुन ३० मा मनसुन सुरु भएयता हिमाचल प्रदेशमा वर्षाजन्य विपद् र सडक दुर्घटनामा गरी १४३ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा तथा ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको केन्द्रले जनाएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com