धनगढी । नेपाली सेनामा भर्ती गराइदिने भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का ३५ वर्षीय हरिश चन्द रहेका छन्। चन्दले सेनामा भर्ना गराइदिने भन्दै एक व्यक्तिबाट रु २ लाख ४० हजार लिएर ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले चन्दलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया