काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद र सत्तापक्षीय तनाव सतहमा आएका बेला सांसद राजु पाण्डेको पछिल्लो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
शनिबार राति प्रधानमन्त्री वालेन्द्र शाहले आफू सत्ता सञ्चालनमा एक्लो परेको संकेत गर्दै सामाजिक सञ्जालमा “आफू एक्लै रहेको” टिप्पणी गरेपछि स्थिति झनै पेचिलो बनेको हो। प्रधानमन्त्री शाहको उक्त टिप्पणी सार्वजनिक भएलगत्तै रास्वपा सांसद मनिष झालगायतका नेताहरूले सामाजिक सञ्जालमार्फत नै त्यसको सार्वजनिक प्रतिवाद गरेका थिए।
पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच संसद् तथा सामाजिक सञ्जालमा शक्ति सन्तुलन र सहकार्यलाई लिएर वाकयुद्ध चर्किएकै समयमा सांसद पाण्डेको यो भनाइ बाहिर आएको हो। सांसद पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु।”
सत्तापक्षका प्रमुख घटक एवं प्रधानमन्त्री शाह र रास्वपाको शीर्ष नेतृत्वबीच दूरी बढ्दै गएका बेला आएको सांसद पाण्डेको यो टिप्पणीलाई राजनीतिक विश्लेषकहरूले महत्त्वका साथ हेरेका छन्।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया