काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले एक्लै भएको बताएकोमा आश्चर्य प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्–’१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पिए त कति हो कति, तर पनि एक्लै ?’

उनी थप लेख्छन्– ‘वीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए, तर जगत् उनीहरूको पक्षमा थियो । हिजोका अरू र आजकाहरूका वरिपरि सब छ, तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन् किन होला ? बुझिन मैले, बुझाइदेऊ कसैले !’

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com