काठमाडौं। काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतसमेत ठप्प भएको थियो।

पहिरो हटाएपछि अहिले बीपी राजमार्गमा दुवैतर्फी सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, वर्षा निरन्तर भइरहेकाले सडकका विभिन्न स्थानमा पुनः पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com