काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ। यद्यपि, भेटका क्रममा भएका छलफलका विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यसैबीच, प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया