काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले जय नेपाल पार्टीका नेता दुर्गा प्रसाईँसँग सम्बन्धित विभिन्न विषय उठाउँदै चारवटा प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रश्न राख्दै साम्पाङले प्रसाईँले अशान्ति र कलह चाहनुको कारणबारे जिज्ञासा राखेका छन्। उनले नेपाल सञ्चालन गर्न नसकिए भारतलाई सुम्पिनुपर्ने धारणा राख्नुको कारणसमेत प्रसाईँसँग सोधेका छन्।

त्यस्तै, प्रसाईँ बिहान पक्राउ पर्ने र साँझै रिहा हुने गरेको विषयलाई पनि साम्पाङले प्रश्नका रूपमा उठाएका छन्।

साम्पाङले ऋण लिएर तिर्नु नहुने धारणा राख्नुको कारणबारे समेत प्रसाईँसँग स्पष्टीकरण मागेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्गा प्रसाईँजीले अशान्ति र कलह चाहिरहनुको कारण के रहेछ? नेपाल चलाउन सकिएन, भारतलाई सुम्पिदिउँ भन्नुको कारण के रहेछ? बिहान पक्राउ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारण के रहेछ? ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रहेछ?’

साम्पाङले प्रसाईँका पछिल्ला अभिव्यक्ति र गतिविधिसँग सम्बन्धित विषयलाई प्रश्नमार्फत सार्वजनिक बहसमा ल्याएका हुन्।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com