काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसलाई एकताबद्ध राख्नुपर्नेमा जोड दिएका हुन्। उनले पार्टी पुरानो भएकाले संकटका बेला काम लाग्न सक्ने भन्दै विभाजनतर्फ नजान आग्रह गरेका छन्।
‘पार्टी फुट्न दिनु हुँदैन है। पुरानो हो, संकटमा काम लाग्न सक्छ,’ भण्डारीले लेखेका छन्।
उनले पार्टी विभाजनको सम्भावित असरलाई प्राकृतिक विपत्तिसँग तुलना गर्दै एकता कायम राख्नुपर्ने संकेत गरेका छन्। वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्ने र असिना पर्दा ज्यानसमेत जान सक्ने उदाहरण दिँदै उनले पार्टी जोगाउनुपर्ने बताएका हुन्।
कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक असमझदारी र विवादका बीच भण्डारीको यस्तो अभिव्यक्ति आएको हो। उनले पार्टीलाई कमजोर बनाउनेभन्दा कठिन परिस्थितिमा एकजुट भएर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया