काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय महत्वका विषयमा राजनीतिक दल र नेतृत्व एक ठाउँमा उभिन नसक्दा नेपालप्रति अन्तर्राष्ट्रिय जगतले नै प्रश्न उठाउने अवस्था आएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई सच्याउँदै राष्ट्रियताको सवालमा सबै एकढिक्का हुनुपर्ने आफ्नो अघिल्लो आह्वान कार्यान्वयन हुन नसकेको बताए।

उनले राष्ट्रिय मुद्दामा एकता प्रदर्शन गर्नुपर्ने विषयमा आफूले यसअघि संसद्मार्फत आह्वान गरेको स्मरण गर्दै त्यसअनुसारको अवस्था सिर्जना हुन नसकेको बताए।

‘सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एकढिक्का हुनुपर्छ भनेको थिएँ,’ उनले भने, ‘त्यसमा नेपाली मात्र नभएर विश्वभरबाट कुरीकुरी भनेको हुनाले मेरो भनाइ यहीँ अन्त्य गर्छु।’

राष्ट्रियता र सीमासम्बन्धी विषयमा देशभित्रै साझा धारणा बनाउनुपर्नेमा त्यसो हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए।

राईले छोटो धारणा राख्दै आफ्नो भनाइ टुंग्याएर संसद् बैठकमा आफ्नो आसनमा बसेका थिए।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com