काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा समस्याग्रस्त सहकारीका २२० जना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट बचतकर्ताको रकम फिर्ता गरिरहेको जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो। आगामी दिनमा बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित बचतकर्तालाई प्रचलित कानुनअनुसार फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको समितिले जनाएको छ
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया