काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएका थप तीन नेपाली पर्वतारोहीको शव मंगलबार काठमाडौं ल्याइने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत मंगलबार साँझ पौने ५ बजे काठमाडौं आइपुग्नेछ।
यसअघि पुरबहादुर गुरुङको शव साउन २१ गते नेपाल ल्याएर अन्तिम संस्कार गरिसकिएको छ। दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव ल्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया