काठमाडौं। झापा, कैलाली र मोरङका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार झापाको झापा गाउँपालिका-५ खाताबस्तीबाट २ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका-२ का २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका–४ का ३१ वर्षीय धिरज गुरूङ रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ३७३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी टाघनडुब्बाको टोलीले जाँच गर्दा उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरबाट ५ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका १९ वर्षीय दिनेश बडुवाल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो।

यसैगरी मोरङको रंगेली नगरपालिका-७ स्थित बकराहा पुलबाट ६२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बसपार्कका ३० वर्षीय सुनिल कुमार मण्डल पक्राउ परेका छन्। रंगेलीबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश १-०२-००४ ह ६७७० नम्बरको सिटी सफारीलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले जाँच गर्ने क्रममा सवार मण्डलको साथबाट उक्त लागूऔषध बरामद भएको हो।

पक्राउ परेका सबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com