काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र आफ्नो समूहका नेताहरूलाई महामन्त्री गगन थापामाथि गालीगलौज वा अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले गगन थापाको राजनीतिक महत्त्व घटाउन चाहने हो भने उनको आलोचना गर्नुको सट्टा मौन बस्नु उपयुक्त हुने धारणा राखे।

गालीगलौज गर्दा उल्टै गगनको चर्चा र महत्त्व बढ्ने उनको तर्क थियो।

‘गगन थापालाई गाली नै गर्नुपर्दैन। गाली गर्दा उहाँको महत्त्व बढेको जस्तो हुन्छ। चुपचाप लागिदिए स्वतः महत्त्व घट्छ,’ कोइरालाले भने।

उनले आफू नेपाली कांग्रेसलाई विभाजन गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै पार्टीलाई एकताबद्ध बनाउने अभियानमा आफू निरन्तर सक्रिय रहने बताए।

कोइरालाले कांग्रेसभित्र देखिएका मतभेद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। आफू सधैँ पार्टी एकताको पक्षमा उभिएको दाबी गर्दै उनले कांग्रेसलाई फुटाउने कुनै अभियानमा सहभागी नहुने स्पष्ट पारे।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com