काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा भव्य स्वागत गर्ने तयारी गरेको छ।

आगामी साउन २८ गते नेपाल फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी भइरहेको नेता एनपी साउदले जानकारी दिए।

साउदका अनुसार देउवाको स्वागतका लागि करिब ५ हजार नेता तथा कार्यकर्ता विमानस्थलमा उपस्थित हुनेछन्। विमानस्थलबाट देउवालाई धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्दै लैजाने तयारीसमेत गरिएको छ।

संस्थापनइतर समूहले साउन २९ गतेदेखि भदौ १ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलामा सहभागी हुन उपत्यकाबाहिरबाट आउने तथा काठमाडौंमै रहेका प्रजातन्त्रवादी नेता–कार्यकर्ताले विमानस्थलमै पुगेर देउवाको स्वागत गर्ने साउदले बताए।

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा देउवाको स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता परिचालन गर्ने तयारीलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com