काठमाडौं । भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ परेका छन्। आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका २३ वर्षीय पोरेललाई मंगलबार कोलकातामा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
एक मेडिकल छात्राले गत जुनमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। बलात्कार तथा आपराधिक धम्कीको आरोपमा उच्च अदालतले जुलाई २० मा पक्राउ गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार पोरेल पक्राउ परेका हुन्।
यद्यपि, पोरेलले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया