काठमाडौं । नेकपा (एमाले) का नेता महेश बर्तौलाले प्रतिनिधिसभाको बैठकमा गणपूरक सङ्ख्या नपुग्नु गम्भीर संसदीय लज्जाको विषय भएको बताएका छन्।
संसद्को हिजोको बैठकमा गणपूरक सङ्ख्या नपुगेको घटनाले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको संसदीय जिम्मेवारीप्रतिको बेवास्ता उजागर गरेको उनको टिप्पणी छ।
आफ्नै बहुमतको सरकार रहेका बेला संसद्मा आवश्यक सांसद उपस्थित नहुँदा विधेयकसमेत अघि बढ्न नसक्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बर्तौलाले बताएका छन्।
उनले सांसदहरू आफूले बोलेका र गरेका कामप्रति स्वयं जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्।
‘आफूले बोलेको कुराप्रति आफैँ जवाफदेही नहुने सांसदले अरूलाई नैतिकता र जिम्मेवारीको पाठ पढाउन सुहाउँदैन,’ उनले भनेका छन्, ‘पहिला सांसद आफैँ जिम्मेवार, नैतिक र कर्तव्यनिष्ठ हुनुपर्छ। त्यसपछि मात्र अरूलाई प्रश्न गर्ने नैतिक अधिकार सुरक्षित रहन्छ।’
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया