सुनसरी । गढी गाउँपालिका–४ मेहता टोलमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया गुद्री देवी मेहताको मृत्यु भएको छ।
प्रहरीका अनुसार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुलको बसले सडक छेउमा बसिरहेकी मेहतालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते मेहताको उद्धार गरी विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले बस र चालक बर्जु गाउँपालिका–६ का २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया