काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले मंगलबार भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो अभियोगमा बयान तथा थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहसपछि अदालतले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
यही मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई भने साधारण तारेखमा राख्ने आदेश भएको छ।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया