काठमाडौं । गण्डकी प्रदेश सरकारले घरेलु मदिरा उत्पादन, ब्रान्डिङ र बजारीकरणलाई व्यवस्थित गर्न ऐन तथा नियमावली जारी गरेको छ। प्रदेश सरकारले कानुनी बाटो खुलाए पनि अन्तःशुल्कको दर निर्धारण गर्ने अधिकार संघीय सरकारसँग रहेकाले दर तोक्न र कार्यान्वयनमा सहजीकरण गर्न संघलाई आग्रह गर्ने निर्णय गरेको छ।

नियमावलीअनुसार विद्यालय, अस्पताल, धार्मिक स्थल र आवासीय क्षेत्रको २०० मिटरभित्र मदिरा बिक्री गर्न पाइने छैन। १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई मदिरा बिक्री गर्न रोक लगाइएको छ भने बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र बिक्री गर्न पाइनेछ। प्लास्टिकको पोकामा मदिरा बिक्री गर्न पनि प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com