काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले दुई छुट्टाछुट्टै अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। समितिले आवश्यक कानुनी व्यवस्था र निर्वाचन प्रक्रियामा सूचना प्रविधिको प्रयोगसम्बन्धी सुधारका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ।
कानुनी व्यवस्थासम्बन्धी समितिको संयोजकमा निर्वाचन आयुक्त गुरु प्रसाद वाग्ले र सूचना प्रविधिसम्बन्धी समितिको संयोजकमा निर्वाचन आयुक्त डा. राजिव सुब्बा रहेका छन्। दुवै समितिले काम सुरु गरेको ३० कार्यदिनभित्र आयोगसमक्ष अध्ययन प्रतिवेदन पेस गर्नेछन्।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया