काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमबासी होल्डिङ सेन्टरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका बाराका ५७ वर्षीय हिरालाल पासवान बिहीबार मृत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार पासवान कोठाभित्र पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए। कोठाको चुकुलसमेत भित्रैबाट लगाइएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरीले आवश्यक मुचुल्का उठाउने काम गरिरहेको छ। पासवानको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल पठाउने तयारी गरिएको डीएसपी कार्कीले जानकारी दिए।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया