काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा–४ डाछीमा ईभी माइक्रोको ठक्करबाट ७० वर्षीय पैदलयात्री शंकरप्रसाद कुइँकेलको मृत्यु भएको छ।

बाघधारा नजिक माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले माइक्रो र चालकलाई नियन्त्रणमा लिएको छ। घटनापछि मृतकका आफन्तसहित करिब २०० स्थानीयले डाछी चोकमा सडक अवरुद्ध गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com