कैलाली । लम्कीचुहा प्रादेशिक अस्पताल, भल्का कैलालीमा कार्यरत मेडिकल अधिकृत (अधिकृत आठौँ) डा. कमलेश प्रसाद यादवलाई सोही अस्पतालमै कामकाज गर्ने गरी कायम गरिएको छ।

अस्पतालमा आवश्यक जनशक्ति कायम राख्दै स्थानीय नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने मागसहित डा. जगतले सम्बन्धित स्वास्थ्य मन्त्रालयमा पटक–पटक पहल तथा अनुरोध गर्दै आएका थिए। उनको पहलपछि डा. यादवलाई लम्कीचुहा अस्पतालमै कामकाज गर्ने गरी कायम गर्ने निर्णय भएको हो।

निर्णयपछि डा. विकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मन्त्री निशा मेहताप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई राजनीति गर्ने, कार्यकर्ता बनाउने वा मिडियाबाजीमार्फत सस्तो लोकप्रियता कमाउने कुनै उद्देश्य नभएको स्पष्ट पार्दै आफ्नो प्राथमिकता स्थानीय नागरिकले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा सहज र गुणस्तरीय रूपमा पाउनु रहेको बताएका छन्।

उनले अस्पतालको जनशक्ति व्यवस्थापनमा सकारात्मक भूमिका निर्वाह गर्ने लम्कीचुहा प्रादेशिक अस्पतालका शुभेच्छुकहरूप्रति समेत धन्यवाद व्यक्त गरेका छन्।

डा. विकले डा. यादवले अस्पतालको कामकाजलाई थप व्यवस्थित र तीव्र बनाउँदै औषधि तथा उपचार सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com