काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा सांसदहरूको सहभागितामा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरिएको छ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन परिसरमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्याल, राष्ट्रियसभाका अध्यक्ष दाहालसहित सांसदहरूले विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा रोपेका छन्।

कार्यक्रममार्फत संसद् परिसरलाई हरियालीयुक्त र वातावरणमैत्री बनाउने तथा वृक्षरोपणको माध्यमबाट वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यअनुसार सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी सांसदहरूले वृक्षरोपणलाई केवल औपचारिकतामा सीमित नगरी रोपिएका बिरुवाको संरक्षण र हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com