काठमाडौं । क्विक्स स्न्याक्स ‘द भ्वाइस किड्स नेपाल’ सिजन–५ का आठ फाइनलिस्टले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका छन्।
शुक्रबार चौधरी ग्रुपको सानेपास्थित कार्यालयमा आयोजित भेटमा चौधरीले फाइनलमा पुगेका बाल प्रतिभासँग अन्तरक्रिया गर्दै उनीहरूको आगामी सांगीतिक यात्राका लागि शुभकामना व्यक्त गरे।
सीजी फुड्सको लोकप्रिय ब्रान्ड क्विक्स स्न्याक्स मुख्य प्रायोजक रहेको ‘द भ्वाइस किड्स नेपाल’को पाँचौँ संस्करणमा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै आएका छन्।
प्रतियोगिताको विभिन्न चरण पार गर्दै ४८ प्रतिस्पर्धीलाई पछि पारेर आठ बाल प्रतिभा ग्रान्ड फिनालेमा पुगेका हुन्।
ग्रान्ड फिनालेबाट विजेता बन्ने प्रतिभालाई क्विक्स स्न्याक्सको ब्रान्ड एम्बेसडर नियुक्त गरिने सीजी फुड्सले जनाएको छ। प्रतियोगिताको ग्रान्ड फिनाले शनिबार आयोजना हुँदैछ। यसको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट शनिबार राति ८ बजेदेखि हुनेछ।
भेटका क्रममा निर्वाण चौधरीले बालबालिकामा रहेको प्रतिभाको पहिचान, विकास र प्रोत्साहनका लागि उचित अवसर उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी भएको बताए।
‘बालबालिकामा रहेको प्रतिभालाई पहिचान गरेर त्यसलाई अघि बढ्ने अवसर दिनु हाम्रो साझा जिम्मेवारी हो। सीजी फुड्स र क्विक्स स्न्याक्स युवा प्रतिभाको विकास र उनीहरूको सिर्जनात्मक यात्रामा सधैँ सकारात्मक साथ दिन प्रतिबद्ध छन्,’ उनले भने।
चौधरीले प्रतिभावान बालबालिकालाई आफ्नो क्षमता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने यस्ता कार्यक्रमले नेपाली संगीतको भविष्यलाई थप उज्ज्वल बनाउन योगदान पुर्याउने बताए।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया