काठमाडौं । मुस्ताङमा नेपाल–चीन उत्तरी कोरला नाकाबाट भन्सार जाँच नगरी मालवस्तु ओसारपसार गरेको आशंकामा प्रहरीले ८ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानबाट ती कन्टेनर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कोरला नाकाबाट मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ आउँदै गरेका कन्टेनरको कागजपत्र जाँच गर्दा भन्सार यार्डमा जाँच नै नगरी सिल लगाएर ल्याइएको पाइएको थियो। अवैध रूपमा मालवस्तु ल्याइएको हुनसक्ने आशंकामा कन्टेनरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ।
प्रहरीले कोरला नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया