काठमाडौं । भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्। उनी आइतबार अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ।

सन् २०२६ जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिने भएको छ।

नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि रहँदै आएको छ। यही परम्पराअनुसार भारतीय प्रधानसेनापति सेठलाई पनि नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्न लागिएको हो।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले यसअघि नै भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।

नेपाल र भारतका प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देशमा औपचारिक भ्रमण गर्ने परम्परा पनि रहिआएको छ। सेठको नेपाल भ्रमणलाई दुई देशका सेनाबीचको परम्परागत सैन्य सम्बन्धलाई निरन्तरता दिने भ्रमणका रूपमा लिइएको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com