काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनकाे मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
आइतबार सुन ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया