काठमाडौं । उच्च ज्वरोसहित अस्वस्थ बनेका पूर्वाधार विकासमन्त्री सुनील लम्सालमा पिसाबको संक्रमण (युरिन इन्फेक्सन) पुष्टि भएको छ।

उच्च ज्वरो, शरीर अत्यधिक दुख्ने तथा हिँडडुल गर्नसमेत कठिनाइ भएपछि लम्सालको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनलाई युरिन इन्फेक्सन देखिएको हो।

चिकित्सकहरूले संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक औषधि सेवन गर्न र कम्तीमा पाँच दिन पूर्ण रूपमा आराम गर्न सुझाव दिएका छन्। अस्पतालबाट आवश्यक स्वास्थ्य परीक्षणपछि लम्साल चिकित्सकको प्रत्यक्ष निगरानी र सल्लाहअनुसार हाल आफ्नै निवासमा आराम गरिरहेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि लम्सालले सुदूरपश्चिमका विभिन्न जिल्लामा तय भएको पूर्वनिर्धारित भ्रमण कार्यक्रम स्थगित गरेका थिए। त्यसपछि उनी आइतबार राति काठमाडौं फर्किएका थिए।

काठमाडौं आएलगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनी अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार अहिले उनको स्वास्थ्य अवस्था निगरानीमा राखिएको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com