काठमाडौं । कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई पाँच वर्षसम्म निर्वाध चल्न दिनुपर्ने बताएका छन्।
उनले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेर सरकारका कामको आलोचना र आवश्यक विषयमा विमति राख्ने बताए। आगामी निर्वाचन यही सरकारले गराउनुपर्ने भन्दै थापाले कांग्रेसले नागरिकको विश्वास जितेर सरकारभन्दा राम्रो काम गर्ने क्षमता प्रस्तुत गर्ने बताए।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया