काठमाडौं। सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन थप प्रभावकारी बनाउने गरी संशोधन विधेयक अघि बढाएको छ। विधेयकमा संघ, प्रदेश र स्थानीय तहमा समिति गठन गर्ने तथा अपराधमा संलग्नलाई कडा कानुनी कारबाही गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकमा बालबालिकालाई शोषणको उद्देश्यले ओसारपसार गर्दा उनीहरूको सहमति भए पनि अपराध मानिने, फरार अभियुक्तको सम्पत्ति तथा राहदानी रोक्का गर्न सकिने र पीडितको पहिचान गोप्य राख्ने प्रावधान छन्। साथै, पीडितलाई उद्धार तथा पुनःस्थापनाका लागि तीनै तहका समितिबीच समन्वय गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया